काठमाण्डौ । सोमबार सेयरबजारमा ९ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।
आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, सर्वाधिक बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दक्षिणकाली इन्भेष्टेमन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ९३ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
