काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ५ वटाबाट सर्वाधिक खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, कोहीनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, आज सर्वाधिक बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट एक अर्ब ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.७७ प्रतिशत सेयर बिक्री भएको छ भने ५१.२३ प्रतिशत सेयर बिक्री भएको छ ।
