काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा २ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद गर्ने दुई ब्रोकरहरुमा भृकुटि स्टक ब्रोकिङ कम्पनी र एबीसी सेक्युरिटिज मात्रै रहेका छन् । जसमा भृकुटि स्टकबाट १ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएकोमा ५९.०१ प्रतिशत सेयर खरिद भएको छ भने ४०.९९ प्रतिशत सेयर बिक्री भएको छ ।
त्यस्तै, एबीसी सेक्युरिटिजबाट ४० करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएकोमा ६३.५१ प्रतिशत सेयर खरिद भएको छ भने ३६.४९ प्रतिशत सेयर बिक्री भएको छ ।
आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सबैभन्दा धेरै बिक्री गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ४३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने ३९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।
