काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से(ले गत आर्थिक वर्षमा ब्रोकरहरुले गरेको सेयर कारोबारको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जसमा सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, एबीसी सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
सबैभन्दा बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरले गत आवमा २ खर्ब ५८ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । जसमा १ खर्ब २९ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर बिक्री र १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।
त्यस्तै, दोस्रो बढी सेयर कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट पनि १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
