काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा १३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ कम्पनी र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४०.२८ प्रतिशत सेयर खरिद र ५९.७२ प्रतिशत सेयर बिक्री भएको छ ।
