काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै ४८ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.१४ प्रतिशत सेयर खरिद भएको छ भने ५३.८६ प्रतिशत सेयर बिक्री भएको छ ।
