काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भ्उक्ँे छ ।
आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, त्रिशक्ति सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा श्रीहरि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतार इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाटै आज १ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५४.८३ प्रतिशत सेयर खरिद भएको छ भने ४५.१७ प्रतिशत सेयर बिक्री भएको छ ।
