काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ७४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा पाँचवटाबाट उच्च खरिद माग भएका छन् भने पाँचवटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद भएका ब्रोकर कम्पनीहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री भएका ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज, दिपशिखा धितोपत्र, एबीसी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र श्री हरि सेक्युरिटज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार हुने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ९७ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.१० प्रतिशत सेयर खरिद भएको छ भने ५२.९० प्रतिशत सेयर बिक्री भएको छ ।
