काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ५८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज एक अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
