काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.१९ प्रतिशत सेयर खरिद र ५२.८१ प्रतिशत सेयर बिक्री भएको छ ।
