आईतवार, माघ १८,२०८२ 10:10:13
Bizshala
  • आईतवार, माघ १८,२०८२ 10:10:13
Bizshala
Global IME Bank Limited
Bizshala

वर्ल्डलिंकद्वारा नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० जनालाई आईफोन १६ दिने घोषणा

वर्ल्डलिंकद्वारा नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० जनालाई आईफोन १६ दिने घोषणा
Shivam Cement

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरुको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पिनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ, सो अवसरमा नयाा सेवा लिने र नविकरण गर्ने  कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौं, । ’

Bizshala
Garima Development Bank
New Office

मेची देखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

इन्टरनेट सेवालाई दुरदराज र ग्रामिण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पुर्‍याउनका लागि पनि वर्ल्डलिंकले प्रतिवद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.