आईतवार, माघ १८,२०८२ 01:41:01
Bizshala
  • आईतवार, माघ १८,२०८२ 01:41:01
Bizshala
Global IME Bank Limited
Bizshala

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग
Shivam Cement

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार गुप्ताले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय घुस लिएको आरोप सार्वजनिक भएपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।

Bizshala
Garima Development Bank
New Office

फेसबुकमा लेखिएको स्टाटसमा गुप्ताले आफूविरुद्ध सार्वजनिक हुँदै आएका आरोपहरूको निष्पक्ष छानबिनका लागि मार्ग सहज बनाउने उद्देश्यले राजीनामा दिएको जनाएका छन्। उनले लेखेका छन्, "केही दिनदेखि मेरो नाम एक कथित घुस प्रकरणमा जोडिँदै आएको छ। कहिलेकाहीँ नखाएको दोष पनि लाग्न सक्छ भन्ने अनुभव अहिले भइरहेको छ।"

गुप्ताले प्रविधिको दुरुपयोगबाट आफू प्रभावित भएको दाबी गर्दै भविष्यमा अरू कोही त्यसको शिकार नबुन् भन्ने आशा व्यक्त गरेका छन्। साथै, पार्टीको विश्वास र जनताको अपेक्षाअनुसार पुनः सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

गत साता सार्वजनिक भएको एक अडियो क्लिपले गुप्तामाथि घुसस्वरूप रकम लिएको आशंका थप बलियो बनाएको थियो। उक्त अडियोमा कास्की जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिसँग सम्बन्धित संवाद रहेको र केही रकम पहिले नै लिइसकेको चर्चा गरिएको थियो। साथै, पोखराको जग्गा कारोबारबारेको प्रसंग समेत समावेश छ।

गुप्तामाथि विभिन्न मालपोत कार्यालयहरूमा हस्तक्षेप गर्ने, अनुकूल सहयोग नगरेमा अन्तर मन्त्रालय सरुवा गरिदिने धम्की दिने जस्ता गम्भीर आरोपहरू पनि सार्वजनिक भएका छन्। यिनै विवादहरूमध्ये विरोधी दलहरूले उनको राजीनामा र कानुनी कारबाहीको माग गर्दै आएका थिए।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.