आईतवार, बैशाख २०,२०८३ 12:54:09
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:54:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुन तस्करीमा दोषी कृष्णबहादुर महरा पक्राउ

Bizshala
सुन तस्करीमा दोषी कृष्णबहादुर महरा पक्राउ
Shivam Cement

काठमाण्डौ । विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले बिजशालासँग कुरा गर्दै महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै गरिएको समेत कुँवरले बताएका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारले तत्कालीन संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधिसभामा लगातार विरोधपछि गठन गरेको सुन तस्करीका विषयमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्व न्यायाधिशको संयोजकत्वमा गठित सो आयोगले गत बिहीबार मात्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।  

सो प्रतिवेदनमा महराको समेत सुन तस्करीमा कनेक्सन देखिएको भन्दै उनीमाथि थप छानबिन र कारबाही हुनुपर्ने सुझाइएको थियो ।  

त्यसको भोलिपल्टै सुन छानबिन आयोगको प्रतिवेदन अक्षरंश कार्यान्वयन गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो ।  

सोही निर्णय र गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले महरालाई पक्राउ गरेको हो । उनका छोरा राहुल महरा समेत सोही प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि हाल थुनामा छन् ।  

प्रहरीले सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरालाई समेत केही दिनअघि पक्राउ गरिसकेको छ ।  

सोही प्रकरणमा फितलो अनुसन्धान गरी दोषीलाई उम्काइएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को नेतृत्व नै गृहमन्त्री परिवतर्न गरिसकेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.