काठमाण्डौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यमसम्मको वर्षा भईरहेको छ।
देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग,हावाहुरी र असिना सहित वर्षा हुने सम्भावना रहेको र बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा अवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
कस्तो रहला आगामी तिन दिनको मौसमको अवस्था ?
वैशाख २० गते
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
वैशाख २१
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
वैशाख २२
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।
रातीः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा , तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

