आईतवार, बैशाख २०,२०८३ 05:43:18
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 05:43:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शितल निवासमा जुट्यो सहमति: संसद विघटनपछि आजै सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै

Bizshala
शितल निवासमा जुट्यो सहमति: संसद विघटनपछि आजै सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै
Shivam Cement

काठमाण्डौ । शितल निवासमा अन्ततः संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ।

हिजो रातभर र आज दिनभर चलेका विभिन्न छलफल र वार्ताहरुबाट जेनजी आन्दोलनकारीहरुले गरेको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।  

शितल निवासस्थित उच्च स्रोतहरुका अनुसार कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गरेर अन्तरिम सरकार गठनका तयार भएका हुन्।

CG Motors
Garima Development Bank
IME remit

यो सहमतिसँगै आजै संसद विघटन हुने र त्यसलगत्तै शितल निवासमा सुशीला कार्कीको सपथ हुनेछ ।  

भोलिदेखि कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने छिन् । उनले भोलि केही जेनजी अभियन्ता र स्वतन्त्र व्यक्तित्वहरुलाई सहभागी गराई सानो आकारको मन्त्रीपरिषद बनाउने दाबी गरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.