नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुने जनाएको हो । बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुन लागेको जनाएको छ ।

