ग्लोबल मनि विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित
काठमाण्डौ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।मार्च १८ देखि २४ गतेसम्म विश्वभर‘प्रोटेक्ट योर मनि,सेक्योर योर फ्युचर’भन्ने मूल...

