टेलिकमद्वारा रु. २०.१३ अर्ब लाइसेन्स नवीकरणका लागि बुझाउने निर्णय, वित्तीय स्वास्थ्य बिग्रिने चिन्ता
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले आफ्नो वित्तीय स्वास्थ्यमा गम्भीर असर पर्ने गरी एकैपटक २० अर्ब बढी नवीकरण दस्तुर सरकारलाई बुझाउने निर्णय गरेपछि कर्मचारीदेखि सेयर लगानीकर्ताहरुसम्ममा तरङ्ग उत्पन्न भएको छ । टेलिकमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले अन्य विकल्प नभएको निश्कर्ष निकाल्दै लाइसेन्स नवीकरणबापत सरकारलाई एकैपटक २० अर्ब १३ करोड...

