महङ्गा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिदमा रोक, राजदूतहरुको सुविधामा समेत कटौती
काठमाण्डौ । सरकारले महङ्गा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिद नगर्ने भएको छ । मन्त्रीपरिषदको असोज ५ गते बसेको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गराउन सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार र सबै स्थानिय तहलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल सरकार र प्रदेश सरकारका...

