सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वानः 'संविधानको बाटोबाटै समाधान खोज्नुपर्छ'
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा देशभर भएको हिंसा र विनाशले सिर्जना गरेको संकटपूर्ण अवस्थामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा देशवासीलाई संयम, संवाद र संवैधानिक प्रक्रियाप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्। शुक्रबार जारी संयुक्त वक्तव्यमार्फत उनीहरूले राष्ट्रपतिले संवैधानिक मार्गबाट समाधान खोज्न पहल...

