समानुपातितर्फ रास्वपाले कटायो १८ लाख मत, अन्य दलको कति ?
काठमाण्डौ । प्रतिनिधी सभाको समानुपातिक तर्फको मतगणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको आधारमा हालसम्म ३६ लाख ३२ हजार ०७५ मत गणना भइसकेको छ । गणना भएकोमध्ये झण्डै ५० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । हालसम्म रास्वपाले १८ लाख ८ हजार ८८ मत प्राप्त गरी अग्र स्थानमा रहेको छ ।

