बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी गर्न यी सिद्धान्त पालना गर्नुपर्ने
काठमाण्डौ । बीमा कम्पनीहरुले कुल लगानीको ७७.४२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने गरेका छन् । नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रको अध्ययन गरी बीमकहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिदैं आइरहेको छ । तर जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल लगानीको आधा भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्दै आएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म...

