सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
काठमाण्डौ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

