सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

