सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा गिरावट आएको छ । बिहिबारको कारोबारमा सु्नको मूल्य ४ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

