सुनको मूल्यमा फेरि उछाल, तोलाकै रु. २ लाख ३० हजार माथि
काठमाण्डौ । दसैँका बिदाका कारण केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर निर्धारण हुँदा सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।

