लगातार ५ दिन बढेको सुनको मूल्यमा ब्रेक, आज कतिले घट्यो ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यससँगै लगातार ५ दिनदेखि बढिरहेको सु्नको मूल्यमा आज ब्रेक लागेको छ ।

