ट्रम्पले बढाए क्यानडासहित दर्जनौं देशका लागि ट्यारिफ
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथिको ट्यारिफ २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडामाथिको ट्यारिफ बढाएका हुन् । साथै, राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकिएको समयसीमा भन्दा केही घण्टा अघि दर्जनौं देशहरूको लागि नयाँ ट्यारिफ दरहरू जारी गरेका छन्। यी दरहरू सात दिनपछि लागू...

