९५ मा पनि गज्जबको दिमाग: बफेटको गुगल-ग्याम्बलले हल्लायो वाल स्ट्रिट !
काठमाण्डौ । लगानी जगतका 'ओराकल' भनेर चिनिने ९५ वर्षीय अमेरिकी अर्बपति वारेन बफेटले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास भएको युगमा गुगलको मूल कम्पनी अल्फाबेटमा ४.३ अर्ब डलर (लगभग ५ खर्ब ७० अर्ब नेपाली रुपैयाँ) को ठूलो लगानी गरेका छन्। यो खुलासा बर्कशायर ह्याथअवे कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनमा भएको छ, जसले लगानीकर्ताहरुबीच ठूलो तरंग पैदा गरेको छ। बफेटको यो...

