टेन्डर ढिलाइपछि सरकारले सिधै भारतसँग मल किन्ने
काठमाण्डौं– सरकारले रासायनिक मल आपूर्तिमा देखिँदै आएको ढिलाइ र अभाव अन्त्य गर्न भारतसँग सरकार–सरकार (जिटुजी) मोडेलमार्फत खरिद गर्ने रणनीति अपनाएको छ।सोमबारको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल आयातका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

