आईतवार, जेष्ठ ३,२०८३ 06:06:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:06:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन

Laxmi Sunrise Bank Limited
मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन
Shivam Cement

काठमाण्डौ । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाण्डौमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो ।  

मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो ।  

इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Bizshala
New Office
CG Motors

सो कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकहरू समेत सहभागी भएका थिए । कार्यक्रममा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए ।  

कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी मिना शर्माले नेपालमा मानव अधिकार बारे थप चेतना र कामको थालनी गर्नुपर्ने बताइन ।  

यस्तै नेपाल नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्‍याउने सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद दिदै यसको सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.