आईतवार, असार १,२०८२ 10:44:52
  • आईतवार, असार १,२०८२ 10:44:52
Global IME Bank Limited

हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक

Hyundai Nepal
हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता बिक्रम उदास सन् २०२५ का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) क्वालिफाइड भएका छन् । योसँगै उनी छैठौं पटक एमडीआरटी क्वालिफाइड भएका हुन् ।

एमडीआरटी क्वालिफाइड अभिकर्ताहरुमध्ये उनी सर्वाधिक प्रिमियम भित्र्याएर ‘नेपाल टप’ समेत बन्न सफल भएका छन् । यसअघि पनि उनी सर्वाधिक प्रिमियम संकलन गरेर दुईपटक नेपाल टप बनिसकेका छन् । सन् २०२५ का लागि पनि सर्वाधिक प्रिमियम भित्र्याएर उनले नेपाल पट बनेर ‘ह्याट्रिक’ हानेका छन् ।  

व्यक्तिगत कोडमार्फत तोकिएको प्रिमियम संकलन गरेर उनी एमडीआरटी क्वालिफाइड भएका हुन् । ६ एमडीआरटी र एकपटक कोर्ट अफ टेबल (सीओटी) पनि बनिसकेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साविक युनियन लाइफ इन्स्योरेन्सबाट प्रवेश गरेका उनी सोही कम्पनीबाट सर्वाधिक प्रिमियम संकलन गरेर ‘बीमारत्न’अवार्ड समेत प्राप्त गरिसकेका छन् ।  

सन् २०२२ सिड्नीमा भएको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत उनी सहभागी भइसकेका छन् । सन् २०२५ मा फ्लोरिडा, अमेरिकामा हुने एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुने उनको योजना छ ।  

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ ।  यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । सन् २०२४ का लागि यो रकम जम्मा २ करोड ५० लाख २९ हजार रुपैयाँ रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.