आईतवार, असार १,२०८२ 10:10:34
  • आईतवार, असार १,२०८२ 10:10:34
Global IME Bank Limited

पहिलो वर्षमै एमडीआरटी बनिन् राधा खत्री, ‘टिमवर्कप्रतिको विश्वासले दिलायो सफलता’

Hyundai Nepal
पहिलो वर्षमै एमडीआरटी बनिन् राधा खत्री, ‘टिमवर्कप्रतिको विश्वासले दिलायो सफलता’
Nabil Bank Limited

काठमाण्डौ । पोखराकी राधा खत्री बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी०बन्न सफल भएकी छिन् । गत साउनदेखि मात्रै हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेकी खत्रीले तोकिएको बीमाशुल्क संकलन गरी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् ।  

आफ्नो कामप्रति लगाव र लगनशीलताका कारण नै बीमा क्षेत्रमा प्रवेश गरेको पहिलो वर्ष नै खत्रीले एमडीआरटीको सफलता प्राप्त गरेकी हुन् । पोखरा रामबजारकी खत्री हिमालयन लाइफ इन्स्योरेन्सको ग्याल्बिसियस टिममा आबद्ध छिन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टिमवर्कमा विश्वास राख्ने उनी टिमबाटै मिहिनेत गरेर आज एमडीआरटीको सफलता प्राप्त गरेकी छिन् । ‘ग्याल्बिसियस टिममा आबद्ध भएपछि मैले छोटो समयमा नै यो सफलता पाएकी छु’ उनले भनिन्, ‘टिममा सबैजना सहयोगी र मिहिनेती हुनुहुन्छ, जसकारण मैले एमडीआरटी हुनलाई टोर्गेटेड प्रिमियम संकलन गर्न सके ।’

बीमा क्षेत्रमा आएपछि धरै कुराको सफलता पाएकी उनले बताईन् । ‘यो क्षेत्रमा आइसकेपछि आत्मविश्वास बढ्नुका साथै अन्य कुराहरु पनि उपलब्धी मिलेको छ’ उनले भनिन्, ‘फाइनान्सियल पक्ष राम्रो त हुन्छ नै अझ अभिकर्ता पेशाले नेटवर्किङ र सेल्फ कन्फिडेन्ड पनि बढाउन मद्दत गर्छ ।’

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ ।  यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.