काठमाण्डौ । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा
अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला (वुमन इन्स्योरेन्स लिडरशीप’ गरि तीन विधाको अवार्डमा जित्न सफल भएको छ ।
यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले िनर्णय गरेको थियो। यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको कम्पनीले जनाएको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा
प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको कम्पनीको भनाई छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । यस्तै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनुसेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लुसिले विशेष सम्बोधन गरेका थिए ।