काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) घोषणा गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले आगामी फागुन १५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                