बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अनुरोध
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बीमितहरुलाई अनुरोध गरेको छ । कम्पनीले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी बुझिलिन सम्बन्धित बीमित पक्षलाई अनुरोध गरेको हो । बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएको कारण दाबी भुक्तानी बाँकी रहेको कम्पनीले बताएको छ ।

