आईतवार, असार १,२०८२ 09:04:37
  • आईतवार, असार १,२०८२ 09:04:37
Global IME Bank Limited

अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल

Hyundai Nepal
अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । सोमबार डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढ्दा युरोपेली सेयर बजार बढेको छ ।  

क्षेत्रिय रक्षा तथा भू–राजनीतिक अनिश्चितता केन्द्रविन्दुमा रहदा यतिबेला डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढेको छ । सोमबार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.३ प्रतिशतले बढेको छ । क्षेत्रिय रक्षा प्रयासका बारेमा छलफल गर्न युरोपेली नेतृत्व एकजुट भएसँगै स्टकएक्स६०० एरोस्पेस तथा डिफेन्स इन्डेक्स २.२ प्रतिशतले बढ्दा समग्र पान–युरोपियन स्टकएक्स बढ्न पुगेको हो ।  

आजको कारोबारमा जर्मनीको रेङ्क ग्रुपको मूल्य १२ प्रतिशतले बढेको छ । यस्तै स्वीडेनको रक्षा सामाग्री निर्माता साबको सेयरमूल्य पनि ८.९७ प्रतिशतले बढेको छ । जर्मनीको हतियार निर्माता कम्पनी रेहेनमेटलको मूल्य पनि ५.७ प्रतिशतले उकालो लागेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युरोपेली सेयर बजारका लागि यो साता अमेरिका र युरोपबीचको भूराजनीतिक तनाब केन्द्रविन्दुमा रहनेछ । अमेरिकी अधिकारीहरुले किभ र युरोपेली अधिकारीहरुलाई बेवास्ता गर्दै युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग छलफल गर्ने प्रक्रिया अघि बढाएका छन् । जसका कारण युरोप र अमेरिकाबीचको दुरी बढेको छ ।  

ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा युरोपलाई साइडलाइन गरेको विषयमा छलफल गर्न युरोपेली नेताहरुले सोमबार फ्रान्सको पेरिसमा आपतकालिन सम्मेलन आयोजना गर्दैछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.