आईतवार, असार १,२०८२ 10:02:34
  • आईतवार, असार १,२०८२ 10:02:34
Global IME Bank Limited

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

Hyundai Nepal
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
Nabil Bank Limited

काठमाण्डौ । माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन रहेको छ । यसको उत्पादन क्षमता ४८.५ मेगावाट रहेको छ र यसको प्रवर्द्धक तुँदी पावर रहेको छ ।  

हाल आयोजनाको बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणले पूर्णता पाएको छ भने विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माण पक्षले सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ भने विद्युत्‌गृहभित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम पनि तीव्रताका साथ भइरहेको छ ।  

रघुगङ्गा(७ चिमखोलामा बाँध र रघुगङ्गा(४ दग्नामको फेदीमा विद्युत्‌गृह रहेको यस आयोजनाको सुरुङ ४ हजार ९ सय मिटर लामो छ । नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ ।

राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.