काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १३.८९३८२ बोनस सेयर र ०.७३१२५ कित्ता नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.६२५०७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको सेयर स्वामित्व ५४.२६ प्रतिशत तथा सर्वसाधारण तर्फको सेयर स्वामित्व ४५.७४ प्रतिशत रहेकोमा सर्वसाधारण तर्फको शेयर स्वामित्व बढाई ४७.२८ प्रतिशत पुयाउने प्रयोजनका लागि संस्थाले गत फागुन १८ गतेदेखि २१ गेसम्म १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ जारी गरेको थियो ।
वार्षिक साधारण सभा सञ्चालन प्रयोजनार्थ बुक क्लोज हुनु अगावै उक्त सेयर सुचिकरण भएमा थप सुचिकृत सेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।
एफपीओमार्फत थप हुने सेयर सहित हुन आउने चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ को प्रस्तावित बोनस सेयरबापतको रकम १३.५० प्रतिशत र नगद लाभांश वापतको रकम ०.७१०५३ प्रतिशत गरि प्रस्तावित कुल लाभांशवापतको रकम १४.२१०५३ प्रतिशत हुने संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                