मंगलवार, असार ९,२०८३ 10:29:14
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:29:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भिजन सेक्युरिटिजद्वारा ‘ग्लोबल मनि विकका अवसरमा विविध कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
भिजन सेक्युरिटिजद्वारा ‘ग्लोबल मनि विकका अवसरमा विविध कार्यक्रम आयोजना

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालिले ग्लोबल मनि विक २०२५’ विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । चैत्र ४ देखि १० गतेसम्म विविध कार्यक्रमका साथ विश्वव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक २०२५ का सन्दर्भमा कम्पनीले धितोपत्र बजारअन्तर्गत नेपाल धितोपत्र बोर्डले तयार गरेको कार्यतालिका भित्र रहि स्टक ब्रोकर एशोसिएसन अफ नेपालको सहयोगमा आफ्ना ११ वटै शाखाहरु रहेको स्थानमा वित्तिय साक्षरता तथा धितोपत्र कारोबारसम्बन्धी कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेका हो ।  

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले उपलव्ध गराएको पाठ्यसामाग्रीको आधारमा यस वर्षको ग्लोबल मनि विक २०२५ को नारा अनुसार बालवालिका तथा युवा वर्गलाई लक्षित गरि सामुदायीक विद्यालय, निजी विद्यालय तथा क्याम्पसहरुमा वित्तिय साक्षरता तथा धितोपत्र कारोबारसम्बन्धी कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

२०८१ साल चैत्र ५ गते सन साईन कलेज भैरहवा, चैत्र ७ गते ईलाम एजुकेशन फाउन्डेशन (मोर्डन क्याम्पस) ईलाम, चैत्र ८ गते सन राईज बोर्डीङ्ग स्कुल चन्द्रौटा, शुभश्री एजुकेशनल ईन्स्टिच्युट पोखरा, ग्यालेक्सी मल्टीपल क्याम्पस धनगढी, गुन्डु ईङ्गिलिस सेकेन्डरी स्कुल सूर्यविनायक, एडेप्ट कलेज एण्ड टेक्निकल म्यानेजमेन्ट कावासोती, चैत्र १० गते वेदास कलेज कुमारीपाटी ललितपुर, आदर्श विद्या मन्दीर स्कुल तथा कलेज वनेपा, युनी एजुकेशन ईन्सच्युट दमौली र म्याग्दी वहुमुखी क्याम्पस बेनीमा वित्तिय साक्षरता तथा धितोपत्र कारोवार सम्वन्धी कार्यक्रम गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भिजन सेक्युरिटिजले धितोपत्र कारोवारको विकास तथा विस्तारको लागि उपत्यका वाहिर ९ वटा तथा उपत्यका भित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरि सेवा प्रवाह गर्दै आईरहेको छ । नियामक निकाय नेपाल धितोपत्र वोर्डको कार्यक्रम तालिका अन्र्तगत एक शाखा एक कार्यक्रम गर्ने निर्णय अनुसार उक्त कार्यक्रमहरु समापन भएको  छन् । आगामी दिनहरुमा समेत यस प्रकारका कार्यक्रमहरुमा सहभागी भई धितोपत्र बजारका विकास र विस्तारमा महत्वपुर्ण योगदान पुर्याउन तत्पर रहेको कम्पनीले उल्लेख गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.