काठमाण्डौ । काठमाण्डौ फेरिपनि विश्वकै प्रदूषित शहर बनेको छ । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २६१ एक्युआई वायु गुणस्तरका साथ काठमाण्डौ विश्वकै शीर्ष प्रदूषित शहरको रुपमा रहेको छ ।
अघिल्लो दिन नेपाल सूचीको दोस्रो स्थानमा थियो ।
आज सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको वायु गुणस्तर १८१ एक्युआई रहेको छ । यस्तै भियतनामको हानोई तेस्रो पाकिस्तानको लाहोर चौथो र म्यानमारको यङगुङ पाचौं स्थानमा छन् ।
विश्वको सबैभन्दा सफा शहरको रुपमा भने अमेरिको सियटल रहेको छ । जहाको एक्युआई ३ मात्रै रहेको छ ।
काठमाण्डौको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा ३७.१ गुणा बढी हो ।
डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ।