काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । चैत २७ गते बाग्लुङको होटल पिस प्यालेसमा सम्पन्न भएको बैंकको १२ औं साधारण सभाबाट दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा सूर्य प्रसाद लम्साल र आशिष गौतम रहेका छन् ।