मंगलवार, असार ९,२०८३ 02:34:27
Bizshala
  • मंगलवार, असार ९,२०८३ 02:34:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस

Laxmi Sunrise Bank Limited
डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस

काठमाण्डौ । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालितबनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाईभ भइसकेको छ ।  

यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाा सुकैबाट सेयर कारोबार गर्न सक्छन् । यस प्लेटफर्ममा एकैपटक धेरै अर्डर सजिलै राख्ने सुविधा दिने अर्डर बास्केट, रियल–टाइम डेटासहित सुसूचित निर्णय लिन मदत गर्ने एडभान्स चार्टिङ र एकै समयमा आफूलाई आवश्यक जानकारी एउटै स्क्रिनमा खोलेर तत्काल कारोबारको निर्णय लिन सहयोग गर्ने मल्टी–विन्डो सपोर्ट जस्ता विशेषता छन् ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, सुरक्षित र नियन्त्रित कारोबार सुनिश्चित गर्ने एडभान्स रिस्क मोड्युल, एक क्लिकमा अर्डर राख्ने, अन्तिम कारोबार मूल्यको आधारमा पोर्टफोलियो ट्र्याक गरी रियल–टाइम नाफा÷नोक्सान हेर्न सकिने र धेरै अकाउन्ट सजिलै व्यवस्थापन गर्न सकिने चाइल्ड अकाउन्ट म्यानेजमेन्ट सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ । ‘स्वचालित प्रक्रियासँग सहज व्यापार सञ्चालन गर्ने इन्टिग्रेटेड ब्याक अफिस र एकीकृत केवाईसी तथा डिम्याट खातालाई सेन्ट्रलाइज्ड केवाईसी प्रणालीमा इन्टिग्रेटेड गर्ने जस्ता विशेषता पनि यसमा छन्,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय ट्रेडिङ म्यानेजमेन्ट सिस्टममार्फत डिजिहबले सेयर कारोबार प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउँदै नेपालको वित्तीय क्षेत्रलाई डिजिटल युगमा अघि बढाउने कार्यमा उल्लेख्य योगदान गर्ने लक्ष्य लिएको छ । यसले ट्रेडिङ अनुभवलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनका क्रममा ब्रोकरहरूले सामना गर्नुपरेका झन्झटहरूलाई पनि कम गर्ने अपेक्षा लिइएको छ।

अहिले पाँच ब्रोकरसँग लाइभ भइसकेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम चाँडै नै अन्य ब्रोकर कहाँ पनि उपलब्ध हुनेछ । डिजि हबले नेपालको  वित्तीय बजारमा नवीनतम प्रविधि भित्र्याउँदै सेयर कारोबारीलाई उत्कृष्ट उपकरण र सेवा प्रदान गर्ने प्रतिबद्धता ज्यक्त गरेको छ ।

डिजिहब एक अग्रणी फिनटेक कम्पनी हो, जसले प्रविधिम आधारित समाधानहरूद्वारा वित्तीय सेवामा नवीनता ल्याउँदै आएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.