काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो चर्चिन एसयुभी ‘टाटा कर्भभी’को डार्क एडिशन लञ्च गरेको छ । कम्पनीले सफारी,नेक्सन र ह्यारियरको रुपमा डार्क एडिशन पोर्टफोलियोलाई बिस्तार गर्दै नयाँ एसयुभी लञ्च गरेको हो ।
भारतीय बजारमा यसको मूल्य १६.४९ लाख देखि १९.५२ लाख भारु(एक्स शोरुम)सम्म निर्धारण गरिएको छ । यो एसयुभी टाटा कर्भको टप अमम्पलिस्ड भेरियन्टमा बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।
भारतमा चलिरहेका क्रिकेट प्रतियोगिता‘आईपीएल’को आधिकारिक कार पार्टनर रहकै बेला यो कार लञ्च गरिएको छ । ।यो डार्क एडिशन पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध छ । यसले १.२ बीएचपीको पावर र २२५ न्यूटन मिटरको टार्क जेनेरेट गर्न सक्छ ।
यसका साथै यो कार १.५ लिटर डिजेलको साथ पनि उपलब्ध छ । जसले ११८ बीएचपीको पावर तथा २६० न्यूटन मिटरको टार्क जेनेरेट गर्न सक्छ । यी इन्जिनहरुलाई ६–स्पिड म्यानुअल तथा ७–स्पिड डुअल–क्लच अटोमेटिक ट्रान्समिशनले जोडिएको छ ।
नयाँ डार्क एडिशनलाई नियमति मोडलको तुलनामा बोल्ड लुक्समा पेश गरिएको छ । डार्क एडिशनलाई नयाँ कार्बन पेन्टका अलावा बम्पर,ग्रिल तथा १८ इन्च एलोय ह्विल्सको अल ब्ल्याक ट्रिटमेन्ट दिइएको छ । टाटा कर्भमा अघि र पछि पुरै चौडाई भएको एलईडी लाइटबार,व्हील आर्च तथा ढोकाको तल्लो भागको वरीपरी तथा क्ल्याण्डीङ र पछिल्लो बम्परमा सिल्भर फक्स स्किड प्लेट रहेको छ ।
यसको क्याबिनलाई प्रिमियम बनाइएको छ । भित्रतर्फ कम्पनीले लेदरेट अपहोल्स्ट्री,सेन्टर कन्सोल र रुफ लाइनरमा ब्ल्याक थिमको प्रयोग गरिएको छ । यसमा ९ स्पीकर भएको जेबीएल साउण्ड सिस्टम,वायरलेस चार्जर,प्यारानोमिक सनरुफ,भेन्टिलेटेड फ्रन्ट सिट्स,रिक्लाईनिङ रियर सिट्स,एयर प्युरीफायर र सबै पाङ्ग्राका लागि डिस्क ब्रेक दिइएको छ ।
यसका साथै १२.३ इन्चको टचस्क्रिन,अमेजन एलेक्सा,एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम सुट तथा जेस्चर टेलगेट कर्भ एक्म्प्लिश्ड प्लस ए भेरियन्टका साथ अतिरिक्त फिचर रहेको छ । यसमा सेफ्टीका लागि ६ वटा एयरब्याग दिइएको छ ।
टाटा मोटर्सले कर्भका लागि इभी भर्जनको डार्क एडिशन पनि लञ्च गरेको छ ।