काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । भट्टले आज केन्द्रीय बैंकको सञ्चालक समिति समक्ष राजीनमा पेश गरेका हुन् ।
सत्ता साझेदार दल नेपाली काङ्गेस र नेकपा एमालेले गभर्नर बनाउने विषयमा सकारात्मक देखिएसँगै भट्टले राजीनामा दिएका हुन् ।
भट्ट विगत दुई दशकभन्दा लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत छन् ।