आईतवार, बैशाख १४,२०८२ 03:03:54
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 03:03:54
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले ल्यायो डिजीटल माध्यमबाट भएका असफल कारोबार अनलाइनबाटै रिपोर्ट गर्नमिल्ने व्यवस्था

Hyundai Nepal
माछापुच्छ्रे बैंकले ल्यायो डिजीटल माध्यमबाट भएका असफल कारोबार अनलाइनबाटै रिपोर्ट गर्नमिल्ने व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक डिजिटल कारोवारमा आधुनिक प्रविधि भित्र्याई त्यसको प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रहेको छ । दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा त्यसलाई मोवाईल बैंकिङ्ग एपरवेबसाईटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो सेवाअन्तर्गत असफल भएको कारोबारलाई रिपोर्ट गरी त्यसको प्रोग्रेस कुन चरणमा छ भन्ने कुराको अपडेट पनि हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधानपछि रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।  

विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराइरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआई बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनका लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झञ्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोर्ट गर्न सक्नेछन् ।  

यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैं फिर्ता गर्नेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.