काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.११ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले घटेको छ ।
आज ११ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ७१२.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१७ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.५३ प्रतिशत, एशियन लाइफको ०.४४ प्रतिशत, सुर्यज्योति लाइफको ०.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.२९ प्रतिशत, सानिमा जिआइसीको ०.११ प्रतिशत, शिखरको ०.३० प्रतिशत र युनाइटेड अजोडको १.२४ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८० प्रतिशतले घटेर १२४८.६९ रुपैयाँ कायम भएको छ ।
यसका साथै हिमालयन एभरेष्टको १.७९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३७ प्रतिशत, हिमालयन रि को १.१८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१६ प्रतिशत, नेशनल लाइफको १.१४ प्रतिशत, हिमालयन लाइफको ०.८३ प्रतिशत, सन नेपाल लाइफको ०.७४ प्रतिशत, एनएलजीको ०.५३ प्रतिशत, आइएमई लाइफको ०.४९ प्रतिशत, एलआइसी नेपालको ०.४६ प्रतिशत, सानिमा जिआइसीको ०.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२६ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, सुर्यज्योति लाइफको ०.१४ प्रतिशत, सिटिजन लाइफको ०.११ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०९ प्रतिशत र नेकोको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।