काठमाण्डौ । कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो ।
शिक्षकहरु आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन आज बैठक बोलाइएको थियो । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुँदैछ ।