काठमाण्डौ । अमेरिकाले दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा ३ हजार ५२१ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेको छ । अमेरिकी प्रमुख सोलार सामाग्री उत्पादनहरुले तत्कालिन राष्ट्रपति जो बाइडेनलाई अमेरिकी कम्पनीहरुलाई जोगाउन आग्रह गरेसँगै एक वर्षअघि सुरु भएको अनुसन्धान निष्कर्ष पुगेसँगै अमेरिकाको वाणिज्य विभागले यस्तो निर्णय गरेको हो ।
यो निर्णय विशेष गरेर क्याम्बोडिया, थाईल्याण्ड, मलेसिया र भियतनामलाई लक्षित गरी गरिएको जनाइएको छ । यी देशहरुले सोलार उत्पादनका लागि चीनबाट अनुदान पाएको र अमेरिकामा सस्तो सोलारको भण्डार बढाएको आरोप लगाइएको छ । यद्यपी नयाँ ट्यारिफको विषयमा अमेरिकी सरकारको निकाय ‘इन्टरनेशनल, ट्रेड कमिशन’ले जुन महिनामा अन्तिम निर्णय लिनेछ ।
अनुसन्धानका क्रममा असयोग गरेका कारण केही क्याम्बोडेली निर्यातकर्ताहरुलाई ३ हजार ५२१ प्रतिशतसम्मको भन्सार शुल्क लगाइएको छ । यस्तै मलेसियामा उत्पादन गरिरहेको चिनियाँ उत्पादक जिन्को सोलारले सबैभन्दा कम अर्थात ४१ प्रतिशत ट्यारिफको सामना गर्नुपर्ने भएको छ । यस्तै चीनमा आधारित कम्पनी ट्रिना सोलारमाथि पनि ३७५ प्रतिशत ट्यारिफ लगाइएको छ ।
डोनाल्ड ट्रम्पको पहिलो कार्यकालसँगै धेरै चिनियाँ कम्पनीहरु ट्यारिफबाट बच्नका लागि दक्षिणपूर्वि एशियाली देशमा केन्द्रीत बनेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                