काठमाण्डौ । हिलटन हाईड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्न विेशष साधारण सभा डाकेको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गतेका लागि विशेष सािधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासनको सम्बन्धमा कम्पनीको दोस्रो वार्षिक साधारण सभाले गरेको निर्णयलाई परिमार्जन गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कम्पनीको पूँजी वृद्धि गर्न प्रबन्धपत्रको दफा ६(क) र (ख)संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।